Nepal flag
  View In English                      होमपेज : ईमेल चेक   
  » बांकेमा नयां स्थानिय विकास अधिकारी       » जिविसका उत्कृष्ट पाँच कर्मचारीहरु पुरस्कृत       » कर्मचारीहरुको विदाइ       » परिमार्जित वेभ साईट संचालन      
  + अरु समाचारहरु पढ्नुहोस्  
समाचारहरु
 

बाषिर्क प्रगति समीक्षा गोष्ठी
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

 जिल्ला स्तरिय वाषिर्क प्रगति समीक्षा गोष्ठी सम्पन्न

२०६६ साल श्रावण २२ गते जिल्ला विकास समितिको आयोजनामा आ.व. २०६५/६६को जिल्ला स्तरिय वाषिर्क प्रगति समिक्षा गोष्ठी सम्पन्न भयो । स्थानीय विकास अधिकारी श्री केदारनाथ शर्माको अध्यक्षतामा संचालन भएको उक्त गोष्ठीमा प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार बानिया, राजनैतिक दलहरुका प्रमुख तथा प्रतिनिधि, भू.पू. जिविस सभापति, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु तथा जिल्ला विकास समितिका कर्मचारहिरुको उपस्थिति रहेको थियो ।

जिविसका योजना अधिकृत हिरामणी सुवेदीबाट गोष्ठीको उद्देश्यका साथै अथितिहरुमा स्वागत मन्तव्य पश्चात शुरु भएको उक्त गोष्ठीमा जिविस लगायत जिल्ला स्थित विषयगत कार्यालयहरुबाट आ.व. २०६५/६६मा सम्पन्न भएका कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत गरिएको कार्यक्रम तथा बजेटहरुको वित्तिय तथा भौतिक प्रगतिका साथै उपलब्धी र समस्याहरुमाथि व्यापन छलफल अन्तरकृयाका हुनुका साथै प्रमुख जिल्ला अधिकारी, राजनैतिक दलहरु लगायत अन्य सहभागीहरुबाट उर्ठाईएका जिज्ञासाहरुको सम्बन्धित कार्यालय प्रमुखबाट प्रष्ट पारिएको थियो ।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी, एकिकृत नेकपा माओवादीका गणेश खनाल, भू.पू. जिविस सभापति ओमप्रकाश जंग राणाले मन्तव्य दिनु भएको थियो ।

यसै गरी श्रावण २३ गते जिल्लाका नगरपालिका तथा सबै गाविसहरुको जिल्ला स्तरीय वाषिर्क प्रगति समिक्षा गर्ने कार्य सम्पन्न भयो । उक्त कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, भू.पू. जिविस सभापति, गाविस महासंघ, बांकेका अध्यक्ष पदम धिताल, नेपालगंज नगरपालिकाका कार्यकारी अधिकृत, गाविस सचिवहरु, पत्रकारहरु तथा जिविस कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आ.व. २०६५/६६मा भए गरेका कार्यक्रम तथा बजेट तथा आफनो गाविसमा संचालन भएका अन्य गतिविधिहरु सहितको विस्तृत प्रगति प्रतिवेदन सम्बन्धित गाविस सचिवबाट प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा गोष्ठीका अध्यक्ष एवं स्थानीय विकास अधिकारी केदारनाथ शर्माले सरकारबाट स्थानीय निकायहरुमा ठुलो मात्रामा बजेट उपलब्ध भएअनुसार गाविस सचिवहरु जनता प्रति उत्तरदायि भै रानैतिक दलहरुसंग समन्वय गरि जनचाहना अनुरुप कार्यक्रमहरु संचालन गर्न अग्रह गर्नु भयो । यसै गरि भू.पू. जिविस सभापति गाविस महासंघ अध्यक्षबाट समेत मन्तव्य व्यक्त भएको थियो ।

तेस्रो दिनको वाषिर्क प्रगति समिक्षा गर्ने क्रममा यही श्रवण २५ गते जिल्लामा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको समिक्षा गर्ने कार्य भएको थियो । उक्त अवसरमा विभिन्न संघसंस्थाहरुबाट आफनो संस्थाबाट भए गरेका कार्यक्रम तथा बजेटहरु, भौतिक तथा वित्तिय प्रगतिका साथै मुख्य मुख्य उपलब्धहिरु, समस्या तथा सझावहरु सहितको प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो ।

स्थानीय विकास अधिकारीको अध्यक्षतामा संचालन भएको उक्त गोष्ठीमा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, भू.पू. जिविस सभापति, गाविस महासंघ अध्यक्ष, गैसस प्रमुख तथा प्रतिनिधिहरु तथा जिविस कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
प्रकाशक : जिविस - २०६६-०४-२६

<< बाँकी सुचनाहरु

 
 

गा.वि.स.हरू महत्वपुर्ण निर्णयहरु सहयोगी संस्थाहरु जनच‌ेतना अभियान फोटो ग्यालरी
 
भाद्र २०६७
सोमंबुबिशु
 ०१०२०३०४०५
०६०७०८०९१०१११२
१३१४१५१६१७१८१९
२०२१२२२३२४२५२६
२७२८२९३०३१ 
  जनमत  
 
  यो वेबसाइट तपाईहरुलाई कस्तो लाग्यो?

   राम्रो
   ठिकै
   नराम्रो


 

 

 

© वि. सं. २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित