Nepal flag
  नेपालीमा                      Home : Check Mail   
 
    
  महत्वपुर्ण निर्णयहरु  
     

  जिविस बांकेको मिति ०६६।४।८ गते बसेको बैठकको निर्णय

निर्णय नं

आ.व.०६६।६७ को लागि निम्नअनुसार आन्तरीक श्रोत तर्फठेक्का बन्दोबस्त गर्ने सम्बन्धमा पछिल्लो पटक मिति ०६६।३।३१ गते सुचना प्रकासित गर्दा कृषि जन्य बस्तु निकासीमा कर असुल गर्ने ठेक्काको पर्न आएको बोलपत्रको कबोल अंक डाकअंक भन्दा कम रहेकोले सो कबोल अंक रद्द गरी सो ठेक्काको ठेक्का निम्नअनुसार मुल्य परिमार्जन गरी ७ दिने सुचना प्रकासित गरी ठेक्का बन्दोबस्त गर्ने निर्ण्र्ाागरीयो । साथै उक्त ठेक्का हाल सम्म बन्दोबस्त भई नसकेको अवस्था रहेकोले मिति ०६६।४।१ गते देखी नै कर असुल गर्न सावीक ठेकेदार लाई कर असुल गरी जिविस लाई रु. ४००००००। को दामाशाहीले बुझाउने गरी इजाजत दिइएकोमा सो सम्बन्धमा ठेकेदारले सो अनुसार बुझाउन  नसक्ने हुदा ७० प्रतिशत जिविस र ३० प्रतिशत ठेकेदारले लिने गरी इजाजत दिने निर्णय गरीयो ।

तपशिल

१. कृषिजन्य बस्तु निकासीमा कर असुल गर्ने ठेक्काको न्युनतम मुल्य रु.३३०००००।

निर्णय नं
जिविसमा निम्न अनुसार कर्मचारी हरुको सेवा करार अवधि समाप्त भएकोले निजहरुको सेवा करार अवधि कार्यालयलाई आवश्यक रही रहेकोले निजहरुलाई २०६५ श्रावण १ गते बाट लागूहरने गरी २०६५ असार मसान्त सम्मको लागि गत वर्ष  करार सम्झौता बमोजीम नै हुने गरी सेवाशर्तमा रहने गरि सेवा करारमा लिने निर्णय गरियो ।
सि.न. नामथर              पद

                त.भ.ब्यहोर्ने श्रोत

  १.          श्री अनिल जंग राण         का.अ. -प्रा)            जिविस कोष

  २.          श्री राजेन्द्र बहादुर शाही     अ.र्सर्.इ.               कन्टेन्जेन्सी

  ३.          श्री मदनेश्वर झा                 ,,                         ,,

  ४.         श्री विष्णु प्रसाद शर्मा        सुपरभाईजर                  ,,

  ५.         श्री उदय बहादुर गुरुङ        प्र. सुरक्षा गार्ड          जिविस कोष

  ६.         श्री केशर बहादुर गुरुङ        सुरक्षा गार्ड                  ,,

  ७.        श्री देवानन्द तिवारी               ,,                        ,,

  ८.        श्री फौज बहादुर वि.क            ,,                       ,,

  ९.        श्री धनी राम तेली               भान्से                    ,,

१०.     श्री रामदाश यादव                        चिताईदार                              ,,

 

जिविस बांकेको मिति ०६६।४।८ गते बसेको बैठकको निर्णय

निर्णय नं
आ.व.०६६।६७ को लागि आन्तरीक श्रोत कृषि जन्य बस्तु निकासीमा कर असुल गर्ने ठेक्का बन्दोबस्त गर्ने सम्बन्धमा मिति ०६६।४।११ गते प्रकासित सुचना अनुसार पर्न आएका बोलपत्रहरु मध्ये सबभन्दा बढी कबोल अंक रु ३६३३०००। मत्र  शाह डिस्टिब्युटर ने.गं.को भएको ले निजको कबोल अंक स्विकृत गरी ठेक्का बन्दोबस्त गर्ने निर्णय  गरीयो ।
निर्णय नं

यस कार्यालयमा मौज्दात रहेको खानेपानी हैण्ड पम्प वितरण गर्ने सम्बन्धमा छलफल हुदा ४६ गाबिसलाई २ वटाको दरले ९२ र ने.गं.न.पा. लाई प्रत्येक वडाको लागि १ वटाको दरले १७ थान गरी १०९ थान गाविस /नपा लाई हैण्डपम्प सेट उपलब्ध गराउने साथै निजहरुले उक्त हैण्डपम्प वितरण गर्दा जिविसले निश्चित  गरेको मापदण्ड -१- सामुदायीक विद्यालय प्रा.विहरु, २- मदर्शाहरु, ३- स्वास्थ्य चौकी)बमोजीम प्राथमिक्ता दिने र जिविसमा मांग भई आएका निवेदनहरु -सम्बन्धीत निकायमा पठाउने )समेत लाई मध्येनजर गरी र्सवदलिय संयन्त्रको निर्णय गर्राई वितरण गर्ने गरी गाविस र नपा पठाउने निर्णय गरीयो ।  

निर्णय नं
यस कार्यालयबाट आ.व.०६५।६६ को लागि सिधनिया घाट उत्राही ठेक्का सुरेन्द्र प्रसाद गुप्ता संग बन्दोबस्त भई ठेक्का संचालन भई रहेको अवस्थामा राप्ती नदीमा पुल निर्माण भई पुल बाट आवत जावत सुरु भएकोले जिविसले ठेकेदारलाई उपलब्ध गराएको नाउ डुंगा फिर्ता गरी पाउन ठेकेदारको निवेदन प्राप्त भएको अवस्थामा निजलाईनै रेखदेख गर्न पत्र पर्ठाईएकोमा मिति ०६६ ।२।१० गते अचानक बाढ आई सो डुंगा डुबाएको ठेकेदार को निवेदन र कम्दी गाविसको मुचुल्का समेत प्राप्त हुन आएकोले सो डुंगा मिन्हा गर्ने निर्णय गरीयो ।

   
 
     

VDCs Important Decisions Partner Organizations Awareness Campaign Gallery
 
Bhadra 2067
SuMoTuWeThFrSa
 12345
6789101112
13141516171819
20212223242526
2728293031 
  Poll  
 
  How do you rate this site?

   good
   satisfactory
   bad


 

 

 

© 2009 A.D. || All rights reserved